भेट्रान्स कप: पोखरा १० र १७ सेमिफाइनलमा प्रवेश
पाेखरा | असार ६, २०८१
पोखरा: हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका वडा नम्बर १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो खेलमा पोखरा १० ले आयोजक वडा २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १० ले ५–३ गोल अन्तरले पराजित गर्दे विजयी भयो ।
उक्त खेलको म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ धोषित भए ।
त्यस्तै दोस्रो खेलमा पोखरा १७ ले वडा १ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे ।
सो खेलमा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ दि म्याच घोषित भए । फाईनल यात्राका लागि भोलि वडा १० र १२ साथै वडा १३ र १७ भिडने छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

